Banking Khabar
बलिउड

बलिउडमा २ मिनेटको आइटम डान्स र रोमान्टिक सीन पाउन हिरोसँग सुत्नुपर्छ:कंगना रानावत

September 17, 2020
सेयर:

काठमाडौं । बलिउड अभिनेत्री कंगना रानावतले हिरोसँग सुतेपछि बलिउडमा २ मिनेटको भूमिका पाइने विवादास्पद टिप्पणी दिनुभएको छ ।

बुधबार बलिउडको ड्रग्स कनेक्सनको सम्बन्धमा सांसद जया बच्चनले दिएको बयानमा जवाफ दिदैँ उहाँले यस्तो कुरा बताउनुभएको हो ।

समाजवादी पार्टीकी सांसद तथा अभिनेत्री जया बच्चनको संसदीय भाषणमा कंगनाले ट्विटमा लेख्नुभएको छ, जया जी र उनको उद्योगले कुन थाली दिएको छरु दुई मिनेटको भूमिका, एक आइटम गीत र एक रोमान्टिन सीन पाइएको थियो। त्यो पनि हिरोसँग सुतेपछि।

मैले यस उद्योगलाई फेमिनिज्म सिकाए। देशभक्ति नारी प्रधान फिल्महरुबाट थाली सजाए। यो मेरो आफ्नै थाली हो जया जी, तपाईको हैन।

संसदमा जया बच्चनले कंगनालाई संकेत गर्दै केही व्यक्ति बलिउडलाई बदमान गर्ने प्रयासमा लागेको बताउनुभएको थियो । जयाले फिल्म उद्योगबाट कमाएका मान्छेहरुले नै यसलाई फोहोर बताइरहेको टिप्पणी गर्नुभएको थियो । जयाले भन्नुभएको थियाे, यी तीनै व्यक्ति हुन, जसले जुन थालमा खान्छन त्यही थालमा प्वाल बनाउँछन।

यसअघि कंगनाले बलिउडसँग आवद्ध ९९ प्रतिशत मानिसहरु ड्रग्स सेवन गर्ने आरोप लगाउनुभएको थियो । उहाँले रणवीर सिंह, रणवीर कपुर, विक्की कौशल र निर्देशक अयान मुखर्जजीलाई उनीहरुको रगत परीक्षण गर्न समेत चुनौती दिएकी थिइन।