Banking Khabar
बलिउड

शिल्पा शेट्टीमाथि ठगीको आरोप,भन्छिन्,अदालतले मुद्दा हेरिरहेको छ,‘चाँडै सत्यतथ्य सार्वजनिक हुनेछ’

September 18, 2020
सेयर:

 

काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी र उनका पति राज कुन्द्राविरुद्ध ठगीको आरोपमा प्रहरीमा उजुरी परेको छ।

दुबैविरुद्ध सुनको अफर प्रकरणमा एक लगानीकर्ताले ठगीको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएका हुन्। एनआरआई सचिन जोशीले खार पुलिसमा हालै शिल्पाको दम्पत्तीविरुद्ध उजुरी दिएका छन्। उजुरीमा शिल्पा दम्पत्ती आबद्ध सतयुग गोल्ड प्रालिले ठगेको जोशीको आरोप छ।

आफूमाथि ठगीको आरोप लागेपछि अभिनेत्री शिल्पा सेट्टी सत्य चाँडै बाहिर आउने बताएकी छन्। उनले आरोपलाई झुठा र आधारहिन भन्दै खण्डनसमेत गरेकी छन्।

ुसतयुग गोल्ड प्रालिले समयमा आफ्ना उपभोक्ताको अर्डर पूरा गर्छ। हामीले एक किलो सुन डिपोजिट पनि गरेका थियौं। जसको पैसा सचिन जोशीले तिर्न बाँकी छ। यसमाथि विलम्ब शुल्क पनि लाग्नेछ,ु उनले भनिन्।

शिल्पाले यो मुद्दालाई अदालतले हेरिरहेको भन्दै सत्यतथ्य सक्दो चाँडो सार्वजनिक हुने बताइन्।