Banking Khabar
मुख्य समाचार

सरकारविरुद्ध १३ विद्यार्थी संगठनको संयुक्त आन्दोलनको तयारी

shilalekha
shilalekha
प्रकाशित: December 22, 2020
December 22, 2020
सेयर:

काठमाडौं । संसद् विघटनविरुद्ध विद्यार्थी संगठनहरुले संयुक्त आन्दोलनको तयारी थालेका छन् ।

सरकारको निर्णयविरुद्ध आन्दोलन तय गर्न अनेरास्ववियु र नेविसंघसहित १३ विद्यार्थी संगठनको बैठक सुरु भएको छ ।

लैनचौरमा जारी बैठकमा नेवि संघ, अखिल क्रान्तिकारीलगायतका १३ विद्यार्थी संगठनका नेता सहभागी छन् ।

बैठकले संसद् विघटनविरुद्ध आन्दोलनका कार्यक्रम तय गर्ने अनेरास्ववियुका संयोजक रञ्जित तामाङले जानकारी दिनुभयो ।