Banking Khabar
ब्यानर न्युज

राज्यविरुद्धको कसुर प्रकाउ परेकी झाँक्रीलाई हुनसक्छ ७ वर्ष कैद र ७० हजार जरिवाना

shilalekha
shilalekha
प्रकाशित: February 11, 2021
February 11, 2021
सेयर:

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेतृ रामकुमारी झाँक्रीविरुद्ध प्रहरीले मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राज्यविरुद्धको कसुर अन्तर्गत प्रकाउ परेकी छन् ।

झाँक्रीलाई दिइएको पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुर अन्तर्गत अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको उल्लेख छ ।

के हो राज्यविरुद्धको कसुर ?

नेपालको मुलुकी अपराध (संहिता) ऐन, २०७४ अनुसारको फौजदारी कसुरहरूको परिच्छेद -१ मा राज्यविरुद्धका कसुरबारे उल्लेख गरिएको छ।

दफा ५८: राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुनेः (१) कसैले नेपालको राष्ट्रपति वा संसद्लाई संविधान तथा कानुनबमोजिम गर्नुपर्ने कार्यसम्पादन गर्नबाट रोक लगाउन वा वञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्यसम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन।

(२) उपदफा (१) बमोजिमको कसुर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनेछ।

स्पष्टीकरणः यस दफाको प्रयोजनको लागि “संसद्” भन्नाले नेपालको संविधानबमोजिमको सङ्घीय संसद् र प्रदेशसभा सम्झनुपर्छ र सो शब्दले व्यवस्थापिका-संसद्लाई समेत जनाउँछ।

दफा ५९: हदम्यादः ९१० दफा४९, ५०, ५१, ५२, ५३ र५७ अन्तर्गतका कसुरमा जहिलेसुकै पनि उजुर लाग्न सक्नेछ।

(२) उपदफा (१)मा उल्लिखित दफाबाहेक यस परिच्छेद अन्तर्गतका अन्य दफा अन्तर्गतको कसुरमा त्यस्तो कसुर भएको थाहा पाएको मितिले दुई वर्ष नाघेपछि उजुर लाग्नेछैन।