Banking Khabar
ब्यानर न्युज

‘हजारौं सहिदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षडयन्त्र भयो’:प्रचण्ड

shilalekha
shilalekha
प्रकाशित: February 13, 2021
February 13, 2021
सेयर:

काठमाडौं । नेकपा प्रचण्ड माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हजारौँ शहीदहरुले रगतले लेखिएको संविधान नै धरापमा जाने हो कि भन्ने संशय पैदा उत्पन भएको बताएका छन् ।
शनिबार २६ औं जनयुद्ध दिवसको अवसरमा नेकपा पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सात दशक लामो संघर्षबाट प्राप्त भएको उपलब्धी खतरामा परेको भन्दै जरुरी पर्यो भने फेरि पनि बलिदान दिन तयार हुनुपर्ने अवस्था आएको बताएका हुन् ।

प्रचण्डले भने, हजारौं सहिदहरुले रगत बगाएर प्राप्त गरेको संविधान धरासायी पार्ने षडयन्त्र भइरहेको छ । सहिदहरुको सपना कुल्चिने दुष्प्रयास भइरहेको छ । प्रधानमन्त्रीले गरेको यो घात, प्रतिगमन र प्रतिक्रान्तिविरुद्ध नेपालका सवै जनता एकजुट हुने बेला भएको छ ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले केपी ओलीले हजारौँ सहिदहरुको बलदिानीबाट आएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई किच्न सक्छु भन्ने सारै ठुलो भ्रममा रहेको बताए ।

प्रचण्डले आफूहरू मर्नबाट बाँचेका मान्छौं हौ भन्दै संविधानमाथि घात भएको यो बेला फेरि मर्न परे पनि तयार हुने बताए । ओलीलाई दक्षिणपन्थी र प्रतिक्रान्तिको कित्तामा तुलना गर्दै यस्तो दुस्प्रयास भएको पनि दावी गरे ।