Banking Khabar
ब्यानर न्युज

प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त

shilalekha
shilalekha
प्रकाशित: February 19, 2021
February 19, 2021
सेयर:

काठमाडौं । प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झालाई शुक्रबार प्रदेश प्रमुख नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारी ज्यूबाट नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम श्री राजेश झा, रौतहटलाई प्रदेश नं २ को प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ ।’