Banking Khabar
ब्यानर न्युज

प्रधानमन्त्रीलाई गगन थापाको टिप्पणी :’केपी ओली प्रधानमन्त्री हुन् कि टोले गुण्डा ?’

shilalekha
shilalekha
प्रकाशित: February 21, 2021
February 21, 2021
सेयर:

नवलपलरासी । कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीले सर्वोच्च अदालतलाई धम्क्याउने र तर्साउन खोजेको बताएका छन् ।

नेपाली कांग्रेस हुप्सेकोट गाउँपालिकाद्वारा आइतबार हुप्सेकोटमा आयोजित आमसभामा बोल्दै ‘प्रधानमन्त्रीले हिजो विराटनगरमा गएर अदालतलाई सडकबाट धम्क्याए,’ थापाले भने, ‘केपी ओली सम्मानित प्रधानमन्त्री हुन् कि टोले गुण्डा रु’ बहुमत प्राप्त सरकारको प्रधानमन्त्रीले सडकमा गएर न्यायालयलाई धम्क्याउने काम संसारका कुनै मुलुकमा नभएको उनले चर्चा गरे । सरकार चलाउने प्रधानमन्त्री सडकमा मान्छे बटुल्दै हिँडेका उदाहरण संसारमा कहीँकतै नभएको बताए ।

थापाले अगाडि भने, ‘केपी ओली सन्काहा हुन्,’ ‘अदालतले केपी ओलीको निर्लज्जताको भारी बोक्न सक्दैन ।’ प्रधानमन्त्रीले जेजे गल्ती गर्दै जान्छन् त्यसको साक्षी अदालत बस्न सक्दैन भन्दै थापाले प्रधानमन्त्रीले गरेको संसद् विघटन सही छ कि छैन भनेर सर्वोच्च अदालतले परीक्षण गरिरहेको बताए ।

न्यायालयबाट संविधानसम्मत फैसला आउनेमा नेपाली कांग्रेस विश्वस्त रहेको थापाले सुनाए ।