Banking Khabar
शेयर

महिला लघुवित्तको आइपीओ फागुन १४ गते बाँडफाँड हुने

February 24, 2021
सेयर:

काठमाडौं । महिला लघुवित्तको आईपीओ फागुन १४ गते शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीले सर्वसाधारणमा बिक्री गरेको आइपीओ शुक्रबार बाँडफाँड हुने भएको हो। बिक्री प्रबन्धक एसबिआई मर्चेण्ट बैंकिङ्गका अनुसार आइपीओ आगामी शुक्रबार बिहान ८ बजे बाँडफाँड गर्ने तयारी गरिएको छ।

लघुवित्तको आइपीओ प्रिअलटमेन्ट मंगलबार नै भइसकेको क्यापिटलले जनाएको छ।

लघुवित्तको आईपीओमा २ करोड ४६ लाख ४६ हजार १७० कित्ता अर्थात २ अर्ब ४६ करोड ६६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सो आवेदन सर्वसाधारणका लागि निष्काशन गरेको ३ लाख ७५ हजार कित्ताको ६५।७२ गुणा बढी हुन आउँछ ।

मागभन्दा अत्याधिक आवेदन परेकाले धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार न्युनतम १० कित्ताका दरले ३७ हजार ५०० जनाले मात्रै शेयर पाउनेछन् ।