Banking Khabar
ब्यानर न्युज

प्रचण्ड-माधव पक्षलेले संसदीय दलको नेताबाट केपी ओली र उपनेताबाट सुवास नेम्वाङलाई हटायो

shilalekha
shilalekha
प्रकाशित: March 3, 2021
March 3, 2021
सेयर:

काठमाडौं । प्रचण्ड माधव नेपाल नेतृत्वको (नेकपा) ले संसदीय दलको नेताबाट केपी ओली, उपनेताबाट सुवास नेम्वाङ र सचेतकबाट शान्ता चौधरीलाई हटाएको छ।

पार्टी कार्यालय पेरिस डाँडामा बुधबार बसेको स्थायी कमिटी बैठकले दलको नेता, उपनेता र सचेतक परिवर्तन गरेको हो। यस्तै ओली समूहमा सक्रिय ७ जना नेतालाई कारबाही गरेको छ ।

बैठकले स्थायी समिति सदस्य सुवास नेम्वाङ, केन्द्रीय सदस्यहरु विशाल भट्टराई, महेश बस्नेत, शान्ता चौधरी, प्रभु साह, सूर्य थापा र कर्णबहादुर थापालाई कारबाही गर्ने निर्णय गरेको नेता वर्षमान पुनले जानकारी दिए ।

बैठकले उनीहरुलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको नेता पुनले जानकारी बताए।

स्थायी कमिटी सदस्य तथा दलका उपनेता सुवास नेम्वाङले पार्टीको अन्तरिम विधान उल्लंघन गरेको हुनाले स्थायी कमिटीबाट निलम्बन गर्दै तीन दिनभित्र उपनेताबाट राजीनामा गर्न निर्देशन दिइएको हो।