Banking Khabar
ब्यानर न्युज

प्रतिनिधिसभा बैठकमा ओली र दाहाल पक्षबीच विवाद

shilalekha
shilalekha
प्रकाशित: March 7, 2021
March 7, 2021
सेयर:

काठमाडौं । प्रतिनिधिसभा बैठक शुरू भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा प्रचण्ड-माधव पक्षका सांसदहरूले उठेर विरोध जनाएका छन् ।

सभामुखले सांसद भीम रावललाई बोल्न समय दिएका छन् । रावलले सभामुखले दिएको ३ मिनेटभन्दा बढी समय लाग्न सक्ने भन्दै बोल्न शुरू गरेका छन् ।

रावलले दिवंगत सांसद एवं पूर्व सांसदहरुलाई शोक प्रस्ताव पारित गर्ने बाहेकका कार्यसूची नराख्न माग गरेका छन् । रावलले बोल्दै गर्दा ओली पक्षका सांसदहरुले नियमापत्ति गरेका छन् ।