Banking Khabar
ब्यानर न्युज

प्रधानमन्त्री ओलीलाई हटाउन तिन दलिय गठबन्धनको सरकार बन्छ:अर्जुननरसिंह केसी

shilalekha
shilalekha
प्रकाशित: March 16, 2021
March 16, 2021
सेयर:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनका लागि तिन दलिय गठबन्धनको सरकार बन्ने नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले बताएका छन् ।

प्रतिनिधिसभामा चौथो ठूलो दलका रुपमा रहेको जनता समाजवादी पार्टी (जसपा) पार्टी अवको नयाँ सत्ता समिकरणका लागि निर्णयक भूमिकामा देखिएसंगै कांग्रेसले जसपासंग छलफल थालेको हो ।

जसपाले अघि सारेका शर्तमध्ये सरकारमा सहभागिता वा समर्थनको सन्दर्भमा जसपाको पहिलो शर्त अर्थात् सांसद रेशम चौधरीमाथि लागेको मुद्दा फिर्ताका सम्बन्धमा निर्णय गर्ने कुरा भने ज्यादै पेचिलो बनेसंगै कांग्रेसले अदालतको फैसला विपरितका निर्णयमा भने साथ नदिने प्रष्ट पारेको छ ।

अन्य दुई शर्तमा भने जसपाका नेता कार्यकर्तालाई लगाइएको विभिन्न मुद्दा फिर्ता र संविधान संशोधका पक्षमा भने कांग्रेस सकारात्मक रहेको छ। संविधान संशोधनका पक्षमा नेपाली कांग्रेसले साथ दिए पनि रेशम चौधरीको मुद्धा अदालतको विषय भएकाले कांग्रेसले यसमा साथ नदिने कांग्रेस नेता अर्जुननरसिंह केसी ले प्रष्ट पारेका छन् ।

मधेशमा नागरिकताको समस्या समाधान गर्न भन्दै तत्कालीन माओवादी र काँग्रेसको संयुक्त सरकारले कांग्रेसले नै सम्बोधन गरेको कांग्रेस नेता केसीले बताउनुभयो । तर जायज माग सम्बोधन गर्नका लागि मात्रै कांग्रेसले साथ दिने अन्यथा कांग्रेसले साथ नदिने कांग्रेस नेता केसीको भनाइ छ।

जसपाका निलम्वित सांसद रेशम चौधरीलाई जिल्ला अदालत कैलालीले जन्मकैदको फैसला सुनाएको थियो । र, उच्च अदालतले पनि जिल्लाकै फैसलालाई सदर गरिसकेको छ । अहिले रेशम चौधरीको मुद्दा पुनरावेदनको क्रममा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै रहेको छ । र, जघन्य कसुरको अभियोगमा दोषी ठहर गरी २५ वर्ष जेल सजाय सुनाइएका रेशम चौधरीको मुद्दा फिर्ता लिन पनि कानुनी संकट आउन सक्नेछ