Banking Khabar
शेयर

शेयरबजारमा दश कम्पनीका लगानीकर्ताले धेरै कमाए

March 18, 2021
सेयर:

काठमाडौं । बिहीबार नेप्से ४२ दशमलव ९५ अंकले बढेर २४७५ दशमलव ०७ को विन्दुमा कायम भएको छ । आज सबै क्षेत्रको उपसूचक हरीयाली छाएको छ।

आज २ सय १३ सय वटा कम्पनीको १ करोड ११ लाख कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ६४ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।

यूनाइटेड इदि–मर्दीका लगानीकर्ताले सर्वाधिक धेरै १० प्रतिशतले कमाएका छन् भने ग्रीन लाइफका लगानीकर्ताले १० प्रतिशतले कमाएका छन्।

त्यस्तै, यूनाइटेड इदि–मर्दी, ग्रिन लाइफ हाईड्रोपावर, चन्द्रागिरी हिल्स, नेपाल बंगलादेश बैंक, शिव श्री हाइड्रो पावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।