Banking Khabar
ब्यानर न्युज

प्रधानमन्त्रीको आक्रोश: राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने ?

shilalekha
shilalekha
प्रकाशित: May 31, 2021
May 31, 2021
सेयर:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कानून व्यवसायी र पूर्व प्रधानन्यायाधीशहरुको चर्को आलोचना गरेका छन् ।

प्रतिनिधिसभा विघटनको मुद्दा हेरिरहेको संवैधानिक इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठमाथि प्रश्न उठाएकोमा उनले आपत्ति जनाएका छन् ।

एमाले सम्बद्ध युवा संघको भर्चुअल बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले वकिलहरुले आफूले लेखेर दिएको फैसला पढ्ने न्यायाधीश खोजेको आरोप लगाए ।

‘अब वकिलहरुले न्यायाधीश तय गर्ने ? उनीहरुले पढेर सुनाउ भनेको निर्णय सुनाउने न्यायाधीश चाहियो ?’ उनले भने, ‘उहाँहरु त्यही चाहिरहनुभएको छ, हामीले लेखेर दिएको फैसला पढीवाची सुनाउने न्यायाधीशबाहेक अरु मान्दैनौं ।’ अघि भने, ‘कालोकोटधारी केही व्यक्तिले न्यायालयलाई कुन अवस्थामा पुर्‍याउँदै हुनुहुन्छ ?’

प्रधानमन्त्री ओलीले संयुक्त वक्तव्य जारी गर्ने पूर्वप्रधानन्यायाधीशहरुप्रति पनि आक्रोश पोखेका छन् ।

प्रधानमन्त्रीले भने, ‘यसअघि न्यापालिकाको नेतृत्व गरेकाहरुको ताण्डव पनि देखिँदैछ । राज्यको पेन्सन खाएर न्यायलापको हुर्मत लिने रु आफ्नो कार्यकालमा केही नगर्ने, अहिले सडकमा हस्तक्षेपकारी ताण्डव गर्ने रु हाम्रो लोकतन्त्रलाई आउटडेटेड इलेमेन्टबाट जोगाइन्छ, जोगाउँछौं ।’

पूर्वहरूका नाममा केही व्यक्तिले बजेट ल्याउन नदिने, विकास निर्माण हुन नदिने खालका हर्कत गरे पनि उनीहरू सफल नहुने ओलीले बताए ।