Banking Khabar
ब्यानर न्युज

देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपाल पक्षका सासंदलाई हस्ताक्षर र्फिता लिन अल्टिमेटम

shilalekha
shilalekha
प्रकाशित: July 2, 2021
July 2, 2021
सेयर:

काठमाडौं।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई सोमबार साँझ ५ बजेसम्म अदालतमा बुझाएको हस्ताक्षर फिर्ता लिन अल्टिमेटम दिएका छन् ।

शुक्रबार बालुवाटारमा बसेको पार्टीको केन्द्रीय कमिटी बैठकमा माधव नेपाल पक्षका सांसदहरूले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री पदमा निर्वाचित गर्न हस्ताक्षर बुझाएका थिए ।
पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेको हस्ताक्षर अनधिकृत हुने पनि सम्बद्ध पक्षहरूलाई जानकारी गराउने निर्णय गरेको पनि बताए ।

उनले भने – ‘आजको बैठकले आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनुभएको वर्तमान सरकारलाई हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर हस्ताक्षरसहित राष्ट्रपति समक्ष पुग्नु र त्यसमध्ये केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, पार्टी विधान, राष्ट्र र जनताको चाहाना, हित केही सँग पनि मेल खाने विषय होइन । त्यो हस्ताक्षरलाई आउने सोमबार साँझ ५ बजेसम्म फिर्ता लिएर आन्दोलनको एकतामा योगदान गर्नका निम्ति हामीले आव्हान गरेका छौँ । र त्यस्तो अनधिकृत हस्ताक्षर बहुदलीय प्रणालीमा दलको निर्णय विपरीत दलका सदस्यले गरेका हस्ताक्षरको कुनै मान्यता हुन नसक्ने, अर्थ, वैधता हुन नसक्ने पनि सम्बद्ध सबैमा जानकारी गराउने निर्णय गरेका छौँ ।’

बैठकले पार्टी एकतालाई सुदृढ पार्नका लागि नेता कार्यकर्तालाई आव्हान गरेको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।