Banking Khabar
ब्यानर न्युज

पाँचौँपटक नेपालको प्रधानमन्त्री बने देउवा,नियुक्ति सच्याएर मात्रै शपथ लिए

shilalekha
shilalekha
प्रकाशित: July 13, 2021
July 13, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले प्रधानमन्त्रीको सपथ लिएका छन्।
मंगलबार बेलुका ८ बजेर २५ मिनेटमा प्रधानमन्त्री देउवाले शपथ लिएका हुन्।

शीतलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई पद तथा गोपनीयताको सपथ खुवाएकी हुन्। उनी पाँचौँपटक नेपालको प्रधानमन्त्री बनेका छन्। यसअघि गिरिजाप्रसाद कोइराला पनि पाँचपटक सम्म प्रधानमन्त्री बनेका थिए।

राष्ट्रपति कार्यालयले मंगलबार दिउँसो विज्ञप्ति निकाल्दै संबिधानलाई उल्लेख नगरी सर्वोच्च अदालतको आदेशका आधारमा आफूलाई प्रधानमन्त्री नियुक्त गरिएको भनी निकालेको विज्ञप्तिलाई लिएर देउवाले आपत्ति जनाएका थिए।

उनले संविधानको धारा उल्लेख गरेर नयाँ विज्ञप्ति निकाल्नुपर्ने अडान लिएपछि सपथ ग्रहण निर्धारित समयभन्दा २ घन्टा २० मिनेट ढिलो सुरु भएको थियो। देउवाले ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने छ।