Banking Khabar
मुख्य समाचार

रातो मच्छिन्द्रनाथ रथ तान्ने क्रममा पक्राउ परेका १७ जना रिहा

September 10, 2020
सेयर:

काठमाडौं । गत बिहीबार ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा झडप हुँदा पक्राउ परेका सबै जना एक हप्तापछी रिहा भएका छन्।

जिल्ला प्रशासन कार्यालय ललितपुरले बिहीबार पुल्चोक घटनामा पक्राउ परेका सबैलाई धरौटीमा रिहा गरेको महानगरीय प्रहरी परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेकप्रसाद राईले जानकारी दिनुभयो ।

प्रहरीले पुल्चोकमा भएको झडपमा १७ जनालाई पक्राउ गरेको थियो। प्रत्येक जनाबाट पाँच हजार धरौटी लिइएको छ । उनीहरूमध्ये सात जनालाई सोमबार हाजिरी जमानीमा छाडेको थियो।

रिहा भएकामध्ये ६ जना कोरोना संक्रमित थिए। मंगलबार प्रहरीले थप तीन जनालाई छोडेको थियो। बिहीबार बाँकी रहेका सात जनालाई पनि छोडेको एसएसपी राईलेले जानकारी दिनुभयो ।

यसैबीच, ललितपुरका मेयर चिरिबाबु महर्जनलाई धम्की दिने सञ्जय शाक्यलाई पनि प्रहरीले रिहा गरेको छ।