Banking Khabar
प्रदेश

कांग्रेसबाट जानकीको अध्यक्षमा छब्बन खान र लोनियाको नाम सिफारिस

April 18, 2022
सेयर:

नेपालगन्ज । नेपाली कांग्रेसले जानकी गाँउपालिकामा स्थानीय निर्वाचनमा तालमेलको आवश्यकता नरहेको निष्कर्ष निकालेको छ।

कांग्रेस जानकी गाँउपालिका कार्यसमितिको बैठकले पालिकामा कांग्रेसलाई कुनै पार्टीसँग तालमेल गर्न आवश्यक नरहेको निष्कर्ष निकालेको हो। बैठकमा उपस्थित सबैले  पालिकामा कांग्रेस एक्लै चुनाव लड्नु पर्ने र कसैसँग तालमेल गर्न आवश्यक नरहेको सुझाव दिएका छन्।

बैठकमा सहभागी पालिका सचिव टिकानाथ यादवले भने ‘पालिकामा कांग्रेस एक्लै चुनाव जित्छ, कुनै दलसँग तालमेल गर्न जरुरी छैन भनेर सबैले सुझाव दिए,’ यस्तै बैठकमा पार्टीको तर्फबाट अध्यक्षको उम्मेदवारमा  छब्बन खान,दुखिराम लोनिया र उपमेयरमा राम प्यारी यादवकाे नाम सिफारिस गर्ने पनि निर्णय गरेको छ ।

यस्तै वडा नं १ देखि ६ सम्मका वडाअध्यक्ष र सदस्यका उम्मेदवारको नाम पनि सिफारिस गरेको छ । यस्तै वडा नं ५ को वडा अध्यक्षमा टिकानाथ यादवको नाम सिफारिस गरीएकाे छ । कांग्रेस विधान अनुसार गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षको टिकट दिने अधिकार जिल्ला संसदीय समितिलाई छ ।

जिल्ला संसदीय समितिमा पार्टी जिल्ला पदाधिकारीसहित पाँच जना मनोनित सदस्य रहन्छन् । जिल्लाभित्रका केन्द्रीय सदस्यहरू यो समितिमा पदेन सदस्य हुन्छन् ।
०७९ वैशाख ३० मा हुने स्थानीय चुनावका लागि वैशाख ११ मै उम्मेदवारी दर्ता गर्नुपर्ने निर्वाचन आयोगको तालिका छ।