Banking Khabar
Uncategorized

कांग्रेसको घोषणापत्र’ कभर’: ठूल्ठूला परियोजना झल्काउने चित्र हटे, अस्पताल, विद्यालय, अपांगमैत्री बाटोका चित्रहरु राखिए !

April 24, 2022
सेयर:

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तहको निर्वाचन २०७९ को लागि पार्टीको तर्फबाट घोषणापत्र सार्वजनिक गरेको छ।

आइतबार पार्टी कार्यालयमा आयोजित कार्यक्रमका बीच नेपाली कांग्रेसको संकल्पु नामको घोषणापत्र सार्वजनिक गरिएको हो।

घोषणापत्रको ‘कभर’मा कांग्रेसले उल्लेखनीय परिवर्तन गरेको छ। २०७४ सालको निर्वाचनमा सार्वजनिक घोषणापत्रमा रेल, विद्युत प्रशारण लाइन, सुरुङमार्ग, फ्लाइओभर जस्ता विकास परियोजनालाई प्राथमिकता दिएको सन्देश दिने गरी चित्रहरु राखिएका थिए।

यसपटक भने त्यस्ता परियोजना झल्किने चित्रहरु छैनन्। सामाजिक सुरक्षालाई प्राथमिकता दिएको सन्देश दिने खालका चित्र राखिएका छन्। अस्पताल, विद्यालय, अपांगमैत्री बाटोका चित्रहरु राखिएका छन्।

२०७४ सालको घोषणापत्रको कभरमा लेखिएको नारा थियो’ कांग्रेसको नेतृत्वमा शान्ति र संविधान, कांग्रेसकै नेतृत्वमा समृद्धिको अभियान’।

पाँच वर्षपछि जारी घोषणापत्रमा भनिएको छ ‘सबल स्थानीय सरकार स् समुन्नत गाउँ, समुन्नत नगर’।