Banking Khabar
ब्यानर न्युज

‘सभापतिको विरोध गर्दैमा पार्टी रुपान्तरण हुदैन’ : सहमहामन्त्री राठौंर

June 30, 2023
सेयर:

काठमाडौं ।नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौंरले पार्टी सभापतिको विरोध गर्दैमा रुपान्तरण नहुने बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति दोलखाले आयोजना गरेको वर्तमान राजनीतिक अवस्था, युवा, विद्यार्थीको भूमिका विषयक विचार गोष्ठी तथा धान दिवसको अवसरमा दही चिउरा खाने कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी राठौरले पार्टीका महामन्त्रीद्धयले सभापतिको विरोध गरेर रुपान्तरणको नारा लगाइरहेको बताउनुभयो । महामन्त्रीद्धयले बाहिर पार्टी नेतृत्वको बिरोध गरेपनि केन्द्रीय समिति बैठकमा कुरा राख्न नसकेको उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो’ दुई जना महामन्त्रीहरुले सभापतिलाई कम्फिडेन्समा लिएर काम गर्नुपर्ने ठाँउमा पार्टीका चोक चोकमा बसेर विरोध गर्दै हिड्ने काम मात्रै गरेको छ ।’ नेतृत्वको आलोचना गर्नेले पार्टी बनाउन सक्नुपर्ने नेता राठौंरको भनाई छ । पछिल्लो समयमा नयाँ पार्टीले जनतालाई आर्कषित गरिरहेकाले नेपाली काँग्रेसले युवा लक्षित कार्यक्रम ल्याउनुपर्ने उहाँले सुझाव दिनुभयो । यस्तै सहमहामन्त्री राठौरले पार्टीभित्र कुनै किसिमको विवाद नभएको बताउनुभएको छ । राठौरले पार्टीभित्र वैचारिक झगडा भन्दा पनि आफु कसरी नेतृत्वमा पुग्ने कुरामा ध्यान गएको बताउनुभयो ।