Banking Khabar
ब्यानर न्युज

गृहकार्य नपुगेको भन्दै नेकपा सचिवालय बैठक मंगलबार सर्‍यो

September 21, 2020
सेयर:

 

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मंगलबारका लागि सरेको छ।

गृहकार्य नपुगेको भन्दै मंगलबार दिउँसो साढे १२ बजेका लागि सारिएको नेकपा सचिवालयले जनाएको छ। यसअघि बैठक आज दिउँसो १ बजे बस्ने तय भएको थियो।

आईतबार पार्टी कार्यालय पेरिसडाँडामा सचिवालय बैठक बसेको थियो। अब अर्को बैठक पेरिसडाँडामा नभएर बालुवाटरमै बस्‍ने नेकपाका एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

बैठकले मन्त्रिपरिषद पुनर्गठन, संवैधानिक निकायको नियुक्ति र पार्टी एकताका बाँकी कामका विषयमा एजेण्डा तय गरेको थियो।लअब मंगलबार बस्ने सचिवालय बैठकमा यिनै एजेण्डामा छलफल हुने भएको छ।