Banking Khabar
शेयर

डिप्रोक्स लघुवित्तले गर्यो शेयरधनीलाई २० प्रतिशत लाभांश घोषणा

February 11, 2021
सेयर:

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

लघुवित्तले हाल कायम चुक्ता पूँजीको १५ प्रतिश बोनस शेयर र ५ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

माघ २८ गते सम्पन्न लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

हाल लघुवित्तको चुक्ता पूँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४ रुपैयाँ रहेको छ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भए आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।