Banking Khabar
ब्यानर न्युज

संसद् पुनःस्थापना नभए मुलुकमा गृहयुद्धको स्थिति आउनसक्छ:रामचन्द्र पौडेल

shilalekha
shilalekha
प्रकाशित: February 18, 2021
February 18, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् पुनःस्थापना नभए मुलुक अफनागिस्तानको अवस्थातिर जानसक्ने बताएका छन्।

बिहीबार नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनमा सम्बोधन गर्दै उनले अलिकति अदालतले बचाएन भने के हुन्छ यो देशमा ? कस्तो अवस्था देशले व्यहोर्नुपर्छ ? त्यसकारण हामीले अदालतलाई पनि किन खबरदारी नगर्ने?

उनले भने,’मलाई विश्वास छ, संसद् पुनःस्थापना हुन्छ। संसद् पुनःस्थापना हुनै पर्छ। नभए, यो मुलुकमा बर्बादी हुन्छ। गृहयुद्धको स्थिति आउनसक्छ। अफनागिस्तानको अवस्थातिर नेपाल जानसक्छ। आज नेपाललाई बचाउने जिम्मेवारी सर्वोच्च अदालतको काँधमा आएको छ।’

पौडेलले सभापति शेरबहादुर देउवा र उनी पक्षधरले चुनावप्रति देखाएको आशक्तिप्रति असन्तुष्टि जनाउँदै संविधान र लोकतन्त्र बच्यो भने मात्रै चुनावको अर्थ हुने बताए।
‘कांग्रेसले किन चुनाव-चुनाव भन्ने ? चुनाव त पञ्चायतको बेलामा पनि भएको थियो। चुनाव भन्ने कुरा जहिले पनि होला। तर, संविधान बच्यो भने, लोकतन्त्र बच्यो भने तब चुनावको अर्थ हुन्छु, उनले भने।

उनले नेपालको आजको व्यवस्था भनेको संसद् र कार्यकारीको सर्वोच्चता नभई संवैधानिक सर्वोच्चताको व्यवस्था भएको प्रष्ट पारे।