Banking Khabar
ब्यानर न्युज

सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्न नसक्दा मातृभाषा ओझेलमा पर्योःभाषाविज्ञ

shilalekha
shilalekha
प्रकाशित: February 22, 2021
February 22, 2021
सेयर:

काठमाडौं । देशमा बोलिने हरेक मातृभाषालाई कामकाजको भाषाका रुपमा विकसित गर्न सकेमा यसको संरक्षण हुनसक्ने भाषिकक्षेत्रका विज्ञहरुले जोड दिएका छन् ।

नीतिगत रुपमा स्थानीय तहका विद्यालयको पाठ्यक्रम मातृभाषामा बनाउने भनिए पनि लिपिको विकास हुन नसक्दा कार्यन्वयन हुन नसकेको सरोकारवालाहरुले टिप्पणी गरेका छन् । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका अवसरमा नेकपा जनसांस्कृतिक महासंघ नेपाल केन्द्रीय कमिटीले आयोजना गरेको शिक्षा र समाजका लागि बहुभाषिक अध्ययन प्रवद्र्धन विषयक अन्तरक्रियाका वक्ताहरुले नेपालमा बोलिने भाषा संरक्षणमा सरकारले आवश्यक सहयोग गर्नुपर्ने औंल्याएका छन्।

नेकपा आन्दोलनरतपक्षका अध्यक्ष माधवकुमार नेपालले माृतभाषालाई जोगाउने मात्रै नभएर समयअनुसार विकसित गर्दै लैजानुपर्ने बताउनुभयो । भाषिक संवेदनशीलतालाई ध्यानमा राखी राज्य, प्रशासन र समाज पनि परिवर्तित हुनुपर्ने अध्यक्ष नेपालको जोड छ ।

नेपाल बहुभाषिक राष्ट्र हो । यहाँ १ सय २३ मातृभाषा रहेका छन् । यीमध्ये केही सीमित मातृभाषाको मात्र लिपि पत्ता लागेको छ । र केहीको लिपि विकसित गर्ने प्रयास भइरहेको छ । हरेक समुदायको मातृभाषाका लागि नेपाली भाषा सम्पर्क भाषाका रुपमा रहेको छ । सम्पर्क भाषाकै सहयोगमा अन्य मातृभाषाको पनि विकास गर्नुपर्ने भाषाविद्को भनाइ छ । बालबालिकालाई आफ्नै मातृभाषामा पढ्ने अवसर दिनुपर्ने शिक्षाविद्को सुझाव भए पनि केही मातृभाषाको पाठ्यक्रम बनेर पठनपाठन थाल्दा कतिपय स्थानमा विद्यार्थीको कमी भएको पाइएको छ ।

भाषा आयोगले पूर्णता नपाउनु र प्रदेशमा पनि मातृभाषालाई सरकारी कामकाजी भाषाका रुपमा कार्यान्वयन गर्न नसक्दा मातृभाषाको विकासमा समस्या भएको नेकपा नेकपा जनसांस्कृतिक महासंघ केन्द्रीय कमिटीका संयोजक गोपाल ठाकुरले बताउनुभयो । देशमा हरेक जनसमुदायले मातृभाषाका रुपमा बोल्ने भाषा राष्ट्रको सम्पदा हो । यसमा राष्ट्रले गौरव गर्नुपर्छ ।

यिनलाई बचाउन, विकसित गर्न र व्यावहारिक रुपमा ल्याउन भाषा विज्ञानका विद्वानहरुले शोधखोज गर्नु आवश्यक छ ।