Banking Khabar
ब्यानर न्युज

कोमल ओलीको जवाफ:’कला र संगीत क्षेत्रमा यौगदान दिएकै कारण नेकपाले नै पार्टीमा आउन अनुरोध गरेको हो।’

shilalekha
shilalekha
प्रकाशित: February 28, 2021
February 28, 2021
सेयर:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट राष्ट्रिय सभाकी सांसद कोमल वली नेकपा नेता रघुजी पन्तलाई खुलापत्रबाटै प्रधानमन्त्रीले ‘टपक्क टिपेर’ आफुलाई राष्ट्रिय सभा सदस्य नबनाएको बताएकी छिन् ।

प्रचण्ड–माधव पक्षका नेता पन्तले गरेको टिप्पणीप्रति आपत्ति जनाउदै सांसद ओलीले जिल्लाले सिफारिस गरेर राष्ट्रिय सभा सदस्य बनेको उनले दाबी गरिन्। प्रदेश कमिटीले गरेको नाम सिफारिसलाई स्थायी कमिटीले अनुमोदन गरेपछि सांसद बनेको उनले सुनाइन्।

उनले भन्निन्,‘केपी ओलीले टपक्क टिपेर मलाई सांसद बनाउनुभएको होइन। अर्को कुरा केपी ओलीले सबै कार्यकर्तालाई माया नै गर्नुहुन्छ। त्यसमध्येको म पनि एउटा पर्छु।’

खुलापत्रमा सासंसद ओलीले भनिन्,’ सबैभन्दा पहिले कोमल वलीबारे तपाईंलाई केही थाहा नभएको हो कि भन्ने पनि मलाई लागेको छ। हो, तपाईंको जस्तो सानैदेखि राजनीतिमा म लागिनँ तर मैले कला र संगीतको क्षेत्रबाट जे गरेकी छु, त्यसलाई आम नेपाली समुदायले राम्रोसँग बुझेको छ। त्यसलाई आम नेपाली समुदायले पक्कै सोचेको छ। त्यही कला र संगीतको क्षेत्रमा म लागेको भएर हुनुपर्छ, तपाईं पनि सदस्य रहेको पार्टीले मलाई पार्टीमा आउन अनुरोध गरेको हो।’

यस्तै ओलीले भनिन्, ‘तपाईं आफैं स्थायी कमिटी सदस्य हुनुहुन्थ्यो जसको बैठकले मलाई राष्ट्रिय सभामा लैजानका लागि निर्णय गरेको हो। तपाईंलाई थाहा नै होला, जिल्लाबाट सिफारिस भएर प्रदेश कमिटीले नाम पठाएर तपाईं समेत बसेको स्थायी कमिटी बैठकले मलाई राष्ट्रिय सभा सदस्यमा लैजाने निर्णय गरेको हो। तपाईंलाई पक्कै थाहा होला, मैले राष्ट्रिय सभाका लागि निर्वाचन जितेर यहाँ आएकी हुँ। राष्ट्रिय सभा सदस्य बनेपछि मैले जे गरेकी छु, जनताको लागि र देशका लागि जे गरेकी छु, त्यो सायद तपाईंले यतिका वर्ष राजनीति गरेर गर्नुभएको छैन होला।​’

यस्तै नेकपा नेता पन्तले उनी लक्षित दिएको अभिव्यक्तिले चरित्र हत्या भएको जनाउँदै वली न्यायका लागि अदालत जाने भएकी हुन्।

गृह जिल्ला दाङमा रहेकी वलीले काठमाडौं फर्केपछि अदालतमा मुद्दा दायर गर्ने बताएकी छन्। नेता पन्तले पिडौंला देखाएको आधारमा वलीले राष्ट्रिय सभाको सदस्य भएको आरोप लगाएका थिए।