Banking Khabar
ब्यानर न्युज

शान्ता चौधरीले भनिन्–’पाहुनाले हामीलाई निकाल्ने हैसियत राख्न सक्दैन’

shilalekha
shilalekha
प्रकाशित: March 3, 2021
March 3, 2021
सेयर:

काठमाडौं। नेकपा प्रचण्ड समूहले पार्टीबाट निलम्बन गरेपछि प्रतिक्रिया जनाउँदै नेकपाकी नेतृ शान्ता चौधरीले आफू शानदार रूपमा आफ्नै घरमा बस्ने बताएकी छन्।

“हामी हाम्रो घरमा शानदार रूपमा बस्छौं, घरलाई सुन्दर बनाउँदछौं,” चौधरीले फेसबुकमा लेखेकी छन्, “पाहुना हुन आएकाले हामीलाई जा भन्ने हैसियत राख्न सक्दैन।”

नेकपा प्रचण्ड समूहको आज पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले महेश बस्नेत, विशाल भट्टराई, शान्त चौधरी, सूर्य थापा, प्रभु शाह र कर्णबहादुर थापा गरी सातजनालाई निलम्बन गर्ने निर्णय गरेको थियो।

नेकपा प्रचण्ड समूहको केन्द्रीय कमिटीको आजै बसेको बैठकले सुवास नेम्वाङलाई संसदीय दलको उपनेताबाट हटाउने निर्णय समेत गरेको थियो।