Banking Khabar
ब्यानर न्युज

रामचन्द्र पौडेलले,औकात र हैसियतभन्दा बढी आकांक्षा नराखौं भन्दा देउवाले भने, सानो चित्त नगर्नुस् !

shilalekha
shilalekha
प्रकाशित: March 3, 2021
March 3, 2021
सेयर:

काठमाडौं । पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जली सभामा सहभागी हुन चितवन गएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलका बीच श्रद्धाञ्जली सभामै जुहारी चलेको छ ।

दुवै नेताले,यो सभा राजनीति भाषण गर्ने कार्यक्रम  होइन् तर भन्दै एक अर्काको खेदो खन्नु सम्म खनेर टिप्पणी गरे । वरिष्ठ नेता पौडेलले नेपाली कांग्रेसले जनताबाट विपक्षमा बस्ने जिम्मेवारी पाएको भन्दै त्यही भूमिकालाई जिम्मेवारीपूर्वक निभाउनुपर्ने बताए।

उनले ‘आफ्नो हैसियतभन्दा बढी आकांक्षा हामी कसैले पनि नराखौं, ‘अहिले नेपाली कांग्रेस प्रतिपक्षमा छ.अहिले कांग्रेस जुन हैसियतमा संसदमा छ, जुन हैसियतमा राष्ट्रिय राजनीतिमा उपस्थित छ कांग्रेसले आफ्नो हैसियतअनुसारको भूमिका निर्वाह गर्नुपर्छ। विपक्षी दलको सही भूमिका निर्वाह गर्नुपर्छ।’

लगत्तै मञ्चमा पुगेका सभापति देउवाले राजनीतिक कुरा उठिहाल्यो, रामचन्द्र जी बोलिहाल्नुभयो अब के गर्ने समस्या भैहाल्यो भन्दै कुरा अघि बढाए।

‘कांग्रेसलाई पदको लोभ पनि छैन, टाउकोमा आए भाग्ने पनि छैन, काँधमा आएको जिम्मेवारीबाट भाग्नेवाला पनि छैन,’ देउवाले भने, ‘प्रधानमन्त्री पाऊँ, प्रधानमन्त्री पाऊँ भन्या पनि छैन, आयो भने भाग्नेवाला पनि छैन म, त्यही हो। यसबाट पार्टीलाई फाइदा नै होला राम्रो कुरा हो।’

‘सानो चित्त नगर्नुस् रामचन्द्र जी तपाईं विशाल हृदय राख्नुस्। सानो चित्त छ रामचन्द्र जीको भन्ने मात्रै छन् के, त्यसकारण त्यस्तो नगर्नुस्। राजनीतिमा के आउँछ, कस्तो आउँछ व्यहोर्दै जानुपर्छ, जिम्मेवारीबाट पन्छिन हुँदैन।’

‘चिन्ता नगर्नुस् रामचन्द्र जी तपाईंले, म पार्टीकै मान्छे प्रधानमन्त्री हुने हो, अरूभन्दा आफ्नै पार्टीको प्रधानमन्त्री भए फाइदै होला, तपाईं पनि खुसी हुनुहोला जस्तो लाग्छ, ‘शेरबहादुर हुनै हुँदैन भनेर चाहनुहुन्न होला जस्तो लाग्छ मलाई !