Banking Khabar
शेयर

ग्रीनलाइफ हाइड्रोपावरको शेयर आयो डिम्याटमा, कति होला ओपनिङ्ग रेन्ज ?

March 11, 2021
सेयर:

काठमाडौं । ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले सर्वसाधारणका लागि निष्काशन गरेको शेयर डिम्याटमा आएको छ। बिहिबारबाट सिडिएस एण्ड क्लियरिङ्गले कम्पनीको शेयर डिम्याट खातामा पठाउन थालेको हो।

सिडिएससीले कम्पनीको शेयरलाई जिएलएचकारोबार संकेतमा मेरो शेयरमा पठाएको छ। नेप्सेले कम्पनीको शेयर शुक्रबार सूचीकृत गर्ने तयारी गरेको छ। शुक्रबार शेयर नेप्सेमा सूचीकृत भए आइतबारदेखि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ।

ओपनिङ्ग रेन्ज कति होला ?

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ३३ पैसा रहेको छ। नेप्सेले नेटवर्थको तीन गुणासम्म ओपनिङ्ग रेञ्ज तोक्न सकिने व्यवस्था छ।

त्यस अनुसार न्यूनतम ९९ रुपैयाँदेखि २९८ रुपैयाँसम्म पहिलो कारोबार खुल्न सक्ने देखिन्छ।