Banking Khabar
ब्यानर न्युज

‘अचाक्ली भयो,भाँडभैलो मच्चाउने माधव गुटलाई पार्टी सदस्य नरहने गरी कारवाही गर्छु’ :केपी ओली

shilalekha
shilalekha
प्रकाशित: March 16, 2021
March 16, 2021
सेयर:

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नाममा माधव नेपाल पक्षले छुट्टै गुटको भेला गरे पार्टी सदस्य नरहने गरी कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार पार्टीका केन्द्रीय सदस्यहरूका लागि आयोजना गरिएको चियापान कार्यक्रममा बोल्दै उहाँले पार्टीमा बसेपछि उच्छृङ्खल गतिविधि गर्न तथा विधान विपरितका काम गर्न छुट नदिइने बताए ।

उनले भने, ‘अचाक्ली भयो,पार्टीलाई पार्टीको रुपमा चल्न नदिने,जहिले पनि भाँडभैलो मच्चाउने,अब यो कुरा हुन सक्दैन । पार्टीमा हामी सबैले बिचारमा एकजुट भएर विधि पद्धतिमा रहेर काम गर्नुपर्छ । अब अनुसाशनहिन काम भयो भने पार्टीको निधान छ,कानुन छ,संविधान छ,संसद नियमावली छ,दलसम्बन्धी कानुन छ,यी सबैतिर म ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रधानमन्त्री  ओलीले भने,  ‘हिजो बेलुका मैले सुनेँ, बैठक बसेर निर्णय गर्नुभयो पार्टीको चियापानमा नजाने रे’ उनले अघि भने, ‘पार्टी अध्यक्ष–प्रधानमन्त्रीको निमन्त्रणामा नजाने, कसको चियापानमा पाए जानुहुन्छ ?’

उनले अघि भने, ‘हुन त सबैलाई थाहा छ, नभनौं ।’

यद्यपि ‘बहिस्कारको निर्णय गर्नु भएको होइन होला, कुनै कारणवश आउन भ्याउनुभएन होला’ भन्ने ठानेको ओलीले बताए । उनले अघि भने, ‘तर भोलिको राष्ट्रिय भेला गर्नुहुन्छ कि गर्नु हुन्न ? कति तमासा गर्नुहुन्छ त्यता चाहिँ एक नजर राखिनेछ ।’

उनले भोली माधव नेपाल पक्षको हुन लागेको भेलाबारे बोल्दै त्यस्ता गुटगत भेला नगर्न,त्यस्ता भेलामा सरिक नहुन सचेत गराएको उल्लेख गरे । अपराध गर्नेलाई स्वागत छ नभने पनि पार्टीमा आए काम गर्न दिने बताए ।

उनले हिजोको झै तमासा गर्ने,जग हँसाई गर्ने,मिडियालाई समाचार लेख्न काम पाउने अवस्था सिर्जना नगर्न आग्रह गरे ।