Banking Khabar
ब्यानर न्युज

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न विदेशीहरूले केपी ओलीलाई प्रयोग गरे: प्रचण्ड

shilalekha
shilalekha
प्रकाशित: March 21, 2021
March 21, 2021
सेयर:

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधानलाई भत्काउन र गणतन्त्र विरोधी काम प्रधानमन्त्री केपी ओली लागेको आरोप लगाएका छन् ।
५६ औं अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसका अवसरमा मंगलबार नेपाल दलित मुक्तिमोर्चाले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले संविधान स्वीकार गर्न नसकेका स्वदेशी र विदेशी प्रतिक्रियावादीहरू मिलेर संविधान निस्तेज पार्ने मानिसका रूपमा केपी ओलीलाई प्रयोग गरेको दाबी गरेका छन्।

‘यो संविधान पनि सिध्याउन सक्ने केपी ओली नै रहेछ, गणतन्त्र सिध्याउन सक्ने, सबै उत्पीडित वर्ग, जाती, क्षेत्र, लिंग र समुदायलाई उनीहरूका हक अधिकारलाई सिध्याउन सक्ने, पहाडिया उच्चजातीय अहंकारवादको प्रतिनिधि र विदेशीका अगाडि राम्रै लम्पसार पर्न पनि सजिलै सक्ने, २०र२५ वर्षदेखि विदेशीहरूले हुर्काएको, पालित पोषित को हो भन्दै हेर्दै जाँदा सबैले केपी नै देखियो भनेका छन्।

संघीय लोकतान्त्रिक गणतन्त्रलाई नाश गर्न सक्ने पात्रका रूपमा केपीजीलाई साथ लिएका छन्। कति दिनलाई लिन्छन् मलाई थाहा छैन,’ सबैलाई पहिचान र अधिकार दिन तथा जागरण दिने काम आफूहरूले गरेको प्रचण्डले  बताए।