Banking Khabar
ब्यानर न्युज

होली पर्व घरमै परिवारका विचमा मात्रै मनाउन सरकारको आग्रह

shilalekha
shilalekha
प्रकाशित: March 24, 2021
March 24, 2021
सेयर:

काठमाडौं । सरकारले होली पर्व घरमै मनाउन अपील गरेको छ ।

कोरोना भाइरस ९कोभिड–१९० संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप सतर्कता अपनाउदै भीडभाड नगर्न आग्रह गरेको छ ।

बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’
कोरोना सङ्क्रमतिको सङ्ख्या कम भए पनि जोखिम उत्तिकै रहेको भन्दै बढी भीडभाड नगरेर घरमै बसेर होली मनाउन सबैमा आग्रह गरे।

बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ । रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ ।