Banking Khabar
ब्यानर न्युज

मेलम्ची खानेपानी आयोजनामा कार्यरत् ३७ कर्मचारीको उद्धार,९ जना बेपत्ता

shilalekha
shilalekha
प्रकाशित: June 16, 2021
June 16, 2021
सेयर:

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमा आएको बाढीका कारण सात जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार हालसम्म ९ जना बेपत्ता छन्। मेलम्चीभन्दा झन्डै १३ किलोमिटर तल इन्द्रावति गाउँपालिका-७ मा एक जना मृतकको शव फेला परेको

सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए। मृतकको पहिचान खुलिनसकेको उनले बताए। उनका अनुसार अहिलेसम्म जम्मा ४२ जनाको उद्धार गरिएको छ।

त्यसमध्ये ३७ जना मेलम्ची खानेपानी आयोजनामा कार्यरत् सिनो हाइड्रोका कर्मचारी रहेको अधिकारीले बताए। यसैगरी, मेलम्चीको एक रिसोर्टमा फसेका दुई जना र घरको छतबाट दुई जनाको हेलिकप्टरले उद्धार गरेको छ । प्रहरीका अनुसार अविरल वर्षाको कारण देशभरि बाढी-पहिरोले क्षति भएको छ।

मेलम्ची नदीमा मंगलबार आएको बाढीले सोही गाउँपालिका-१ स्थित रहेका सशस्त्र प्रहरी बलको अस्थायी सुरक्षा पोष्ट, चिउरी खर्कको झोलुङ्गे पुल, टिम्बु र नागोटेको सडकको पक्की पुल, सोही गाउँपालिका-७ स्थित ७ वटा ट्राउण्ड माछा फर्म र मेलम्ची नगरपालिका १० र ११ जोड्ने पक्की पुल बगाएको छ।

वर्षाका कारण सिन्धुपाल्चोक, पाल्पा, मनाङ, लमजुङ, अर्घाखाँची, गुल्मी, मकवानपुर, चितवन, नवलपरासी९पूर्व० र बाजुराका केही स्थानहरूमा पहिरो गई सडक अवरोध भएको छ भने बाढीको कारण विभिन्न स्थानहरू डुबानमा परेका छन्।