Banking Khabar
ब्यानर न्युज

देउवाको आक्रोश: ‘राजा र पञ्चायतसँग लडेका हौं, ओलीको धम्कीले को डराउँछ र ?’

shilalekha
shilalekha
प्रकाशित: June 30, 2021
June 30, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्रीले न्यायाधीशहरुलाई अनावश्यक धम्की दिएको आरोप लगाएका छन् ।
विपक्षी गठबन्धनले बुधबार नागरिक समाजका प्रतिनिधिहरुसँग गरेको छलफलमा कांग्रेस सभापति देउवाले भने, ‘अदालतका न्यायाधीशहरु पनि प्रधानमन्त्रीको धम्कीबाट डराउने हो भने के होला देश ?’
‘ओलीजीले यहाँ अनावश्यक धम्काउने तर्साउने काम गरिरहनुभएको छ, यहाँ को छ र तर्सिने भन्या१ कस्तो नबुझेको उहाँले, देउवाले भने, ‘राजासँग पञ्चायतसँग लडेका मान्छे ओलीसँग किन डराउने हामीहरू ? ’

निर्वाचित कार्यकारीले सत्ताको दुरुपयोग गर्ने, तानाशाही प्रवृत्ति देखाउन सक्ने, तर स्वतन्त्र न्यायालयका आगाडि कसैको केही नलाग्ने उनले बताए । देउवाले भने, ‘मलाई विश्वास छ, ओलीको धम्कीबाट कोही पनि न्यायाधीश डराउने वाला छैनन् ।’

ओलीको धम्कीबाट कुनै न्यायाधीश नडराउने र निष्पक्ष फैसला आउने उनले विश्वास व्यक्त गरे ।