Banking Khabar
ब्यानर न्युज

क्रियाशिल सदस्यताको विवाद समाधान गर्न मापदण्ड निर्धारणमा शिर्ष नेताहरु विच सहमति जुट्यो

shilalekha
shilalekha
प्रकाशित: July 2, 2021
July 2, 2021
सेयर:

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशका लागि क्रियाशिल सदस्यताको मापदण्ड निर्धारणमा शिर्ष नेताहरु विच सहमति जुटेको छ ।

शुक्रबारको बसेको पदाधिकारी र पूर्वपदाधिकारीको वैठकमा सहमति जुटेको नेता रमेश लेखकले बताउनुभयो । महाधिवेशन कार्यतालिका अनुसार क्रियाशिल सदस्यता छानविन समितिले केन्द्रीय समितिलाई असार २० भित्र क्रियाशील सदस्यताको सूची बुझाउनुपर्ने भाका रहेको थियो । अव भने शिर्ष नेताहरुका विच सहमति जुटेकाले क्रियाशील सदस्यता वितरणमा देखिएको विवाद समाधान, मापदण्ड निर्धारण, समायोजन विवाद समाधानको काम दुर्ग गतिमा अघि बढ्ने क्रियाशील सदस्य छानबिन समितिका संयोजक रमेश लेखकको भनाइ छ।

वैठकमा नवीकरण हुने क्रियाशील सदस्य र नयाँ सदस्यको छनोटको प्रक्रिया हेरी छानबिन समितिले निर्णय गर्न सक्ने गरी मापदण्ड पनि बनाएको छ । यस्तै, विभिन्न पार्टीबाट नेपाली कांग्रेसमा आएकाहरुमा जिल्लादेखि सबै प्रक्रिया पूरा गरेर आएको नाम स्वीकृत गर्ने पनि सहमति भएको छ ।

प्रदेश जिल्ला र वार्ड स्तरमा विवाद नै कायम रहेको क्रियाशील सदस्यको नाममा एकपटक सहमति जुटाउन प्रयास गर्ने सहमति हुन नसके छानबिन समितिले आवश्यक प्रक्रिया र कागजपत्र हेरेर निर्णय गर्न सक्ने पनि बैठकमा सहमति जुटेको छ ।

यस्तै शिर्ष नेताहरुका विचमा सहमति भएसंगै उपसभापति विजय कुमार गच्छदार र राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गर्नुभएका सहमहामन्त्री सुनील बहादुर थापा समूहलाई पनि क्रियाशिल सदस्यता दिने सहमति जुटेको बताए ।

यो निर्णयसँगै क्रियाशील सदस्य छानबिन सम्बन्धी कुनै समस्या नरहेको र केही दिनमा छानबिनको काम सम्पन्न गर्न सकिने संयोजक लेखकले जानकारी दिए ।
शिर्ष नेताहरुका विचमा सहमति भएसंगै उपसभापति विजय कुमार गच्छदार र राप्रपाबाट नेपाली कांग्रेस प्रवेश गर्नुभएका सहमहामन्त्री सुनील बहादुर थापा समूहलाई पनि क्रियाशिल सदस्यता दिने सहमति जुटेको छ ।
महाधिवेशन आउन दुई महिना भन्दा कम समय बाँकी रहेका बेला कांग्रेसभित्र प्रारम्भिक मतदाता मानिने क्रियाशील सदस्यताको टुंगो लाग्न सकेको थिएन ।

असारभित्र जसरी पनि क्रियाशील सदस्यता विवाद टुंग्याइ सक्नुपर्ने दबाबमा रहेको छानबिन समितिले सदस्यता छानबिनबारे मापदण्ड बनाइदिन पार्टी पदाधिकारीलाई आग्रह गरेको थियो ।