Banking Khabar
ब्यानर न्युज

एमाले कार्यदल वैठक सहमति नजिक,सुवास नेम्वाङले भने,आइतबार देशवासीले सुखद् समाचार पाउँछन् !

shilalekha
shilalekha
प्रकाशित: July 10, 2021
July 10, 2021
सेयर:

काठमाडौं । नेकपा एमालेको विवाद करिब-करिव सहमतिको बिन्दु नजिक पुगेको नेताहरुले बताएका छन् ।

शनिबार सिंहदरबारमा बसेको कार्यदलको बैठकका सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुंग्याए बराबर भएको भन्दै भोलि बिहान सुखद् समाचार सुन्न पाइने बताए।

बैठकपछि सञ्चारकर्मीहरूसँग उनले भने, ‘हामीले साह्रै मेहनतका साथ तपाईंहरूको शुभकामनाले हामीले काम टुंग्याए बराबर छ। भोलि बिहान ८ बजे तपाईंहरूले सुखद् समाचार सुन्न पाउनु हुनेछ।’

कार्यदलले सबै विवादित विषय टुंगो लगाएको होरु भन्ने प्रश्नमा उनले भने,‘ अब त्यो सबै कुरा भोलि बिहान भन्ने छ।’