Banking Khabar
ब्यानर न्युज

मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिँदै देउवा,मन्त्रिपरिषद् सानो आकारको हुने

shilalekha
shilalekha
प्रकाशित: July 12, 2021
July 12, 2021
सेयर:

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने भएका छन्।

उनले भोलि साँझ ५ बजे प्रधानमन्त्रीको शपथ लिने कांग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिए। सोमबार कोटेश्वरमा बसेको गठबन्धनको बैठकले देउवाको नेतृत्वमा सरकार गठन गर्ने र प्रारम्भिक चरणमा सानो आकारको मन्त्रिपरिषद् बनाउने निर्णय भएको नेता  खाँडले जानकारी दिए।

सोमबार सर्वोच्च अदालतले २८ घण्टाभित्र देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश दिएसँगै राष्ट्रपति कार्यालयले शपथको तयारी अघि बढाएको हो।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको प्रतिनिधिसभा विघटन बदर गर्नुका साथै देउवालाई मंगलबार साँझ ५ बजेसम्म प्रधानमन्त्रीमा नियुक्त गर्न आदेश दिएको छ।

देउवाले संविधानको धारा ७६ (५)  बमोजिम बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी गरेपनि राष्ट्रपतिले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन्। त्यसविरुद्ध १४६ जना सांसद सर्वोच्च अदालत पुगेका थिए। उक्त मुद्दामा सर्वोच्चले फैसला सुनाएको हो।