Banking Khabar
प्रदेश

कांग्रेस नेता सिंहले बाढी पिडितलाई २ लाख बराबरको खाद्यान्न सहयोग गरे

October 25, 2021
सेयर:

काठमाडौं । नेपाली कांग्रेसका नेता दिपक बहादुर सिंहले बाढी पहिरोबाट प्रभावित भएका परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन।

कंन्चनपुरको दोधरा चादनी नगरपालिका वडा नम्बर ८,९ र १० का अति बिपन्न एक सय घरपरिवारलाई १ लाख ७५ हजार बराबरको खाद्य सामाग्री हस्तान्तरण गरेका हुन । नेता सिंहले सय बोरा चावल,सय लिटर तेल, १ सय ५० केजी दाल र १सय९ प्याकेट नुन सहितको सामाग्री दोधरा चादनी नगरपालिकाका नगर प्रमुख वीर बहादुर सुनार मार्फत हस्तान्तरण गरेका हुन।

सहयोग हस्तान्तरण गर्दै नेता सिंहले बाढीका कारण हजारौ परिवार बिस्थापित भएर देखेर मानवीयताको नाताले आफुले थोरै भए पनि सहयोग गरेको र भबिस्यमा पनि थप सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेका थिए भने नगर प्रमुख वीर बहादुर सुनारले बिपदको घडीमा गरेको सहयोगको लागि धन्यवाद व्यक्त गर्दै अन्य ब्यक्ति तथा संघ संस्थाहरुलाई पनि सहयोगको लागि आग्रह गरेका थिए।

बेमौसमी बर्साका कारण महाकाली र जोगबुढा नदीको बाढी बस्तीमा पसेर दोधरा चादनीमा मात्र करोडौंको क्षती हुन गएको छ भने हजारौ बिस्थापित भएका छन ।