Banking Khabar
ब्यानर न्युज

नगर सभापतिमा निर्वाचित भए स्थानिय तहको निर्वाचनमा कांग्रेसका उम्मेदवार विजयी बनाउछु :राजेन्द्र कुमार श्रेष्ठ

shilalekha
shilalekha
प्रकाशित: November 16, 2021
November 16, 2021
सेयर:

कोहलपुर । बाँकेको कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका दुबै पक्ष प्यानलसहित नगर अधिवेशनमा प्रतिष्पर्धा गर्न लागेका छन्।

मंसीर २गते हुन लागेको पालिका अधिवेशनमा संस्थापन र संस्थापन इतर समूह महानगर कार्यसमितिका लागि प्यानलसहित प्रतिष्पर्धा गर्न लागेका हुन्।

संस्थापन समूहले नगर सभापतिको उम्मेदवारमा पार्टीका पुराना नेता राजेन्द्र कुमार श्रेष्ठलाई अघि सारेको छ। संस्थापन पक्षले पनि श्रेष्ठको प्यानलबाट पदाधिकारीमा प्रतिष्पर्धा गर्ने उम्मेदवारहरू तय गरिसकेको छैन।

क्याम्पस तहबाटै राजनितीमा लाग्नुभएका श्रेष्ठ २०४२ सालबाटै स्थायी रुपमा बसोबास गर्दै आउनु भएका श्रेष्ठले २०५४ सालमा गाविस अध्यक्षको उम्मेदवार भएका थिए । झिनो मतले पराजित भएका थिए । २०६४ सालमा कोहलपुर उद्योग वाणिज्यसंघका अध्यक्ष भएका थिए ।

श्रेष्ठले नगरमा सभापति पदमा उम्मेदवारी दिदै लाग्दा नगर सभापतिका उम्मेदवार श्रेष्ठले कोहलपुर नगर पालिकामा कांग्रेसको संगठनलाई मजबुद बनाउदै स्थानिय तहमा कांग्रेसले हार व्यहोकाले स्थानिय तह, प्रदेश र संघका कांग्रेस उम्मेदवार जिताउने लक्ष्य रहेको बताएका छन् ।

चुनाव सम्म मात्रै गुटगत रुपमा दुई समूह बनाइ उम्मेदवार बने पनि चुनावपछि गुट नरहने श्रेष्ठको दावी छ । पार्टीको आन्तरिक चुनाव भएकाले अविरजात्रा गर्ने, माला लगाउने अर्को समूहलाई होच्याउने काम गर्ने श्रेष्को भनाइ छ ।

यता  संस्थापन इतर समूहले महानगर सभापतिका लागि विरेन्द्र शाहलाई अघि सारेको छ। कोहलपुर नगरपालिका–१२ का वडाअध्यक्षसमेत रहेका शाहलाई संस्थापन इतर समूहले उम्मेदवार बनाउने निर्णय गरेको छ ।