Banking Khabar
ब्यानर न्युज

एमसिसीका भ्रम चिर्नु कांग्रेसले पुस्तिका छापी गाउँ-गाँउ पठायो (हेर्नुस् पुस्तिका)

March 16, 2022
सेयर:

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय तह केन्द्रित चुनावी अभियानमा एमसिसी परियोजनाका भ्रम र यर्थातका विषयमा पुस्तिका छपाइ गरी गाँउ गाँउ पठाएको छ ।

फागुन २९ गतेदेखि सुरू ‘घरघर जाऔं कांग्रेस जिताऔ’ अभियानका क्रममास् गाउँ-गाउँ पुगेका केन्द्रीय प्रतिनिधिले ४६ पृष्ठको ‘एमसिसी अनुदान सहायता सम्झौतास् भ्रम र यथार्थ’ नामको पुस्तिका पनि लगेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयले एमसिसीबारे जनतामा भ्रम रहेकोले यथार्थ बुझाउन भन्दै पुस्तिका नै छापेको थियो। कांग्रेसका नेताहरूले गाउँ तथा टोल र घरदैलोका क्रममास् उक्त पुस्तिका वितरण गरेका छन्।

कांग्रेसले छापेको एमसिसीबारेको पुस्तिकामा कुन सरकारका पालामा एमसिसीबारे के निर्णय गरिएका थिए भन्नेबारे मिति, प्रधानमन्त्री, मन्त्रीहरूलगायतको विवरण समेत समावेश छ।

प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले नै नुवाकोटमा आयोजित कार्यक्रममा एमसिसीबारे नेकपा एमालेका नेता भीम रावलले भ्रम छरेको आरोप लगाउनुभएको थिया । उक्त आरोपमा रावलले सत्यता नभएको पनि टिप्पणी गरेका थिए।

कांग्रेससहित सत्तारूढ गठबन्धनले एमसिसी प्रतिनिधि सभाबाट अनुमोदन गरिसकेका छन्।

हेर्नुस् पुस्तिका