Banking Khabar
Uncategorized

कोहलपुरमा कांग्रेसबाट मेयरमा १३ र उपमेयरमा ५ जना सिफारिस

August 11, 2026
सेयर:

कोहलपुर । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कोहलपुर नगरपालिकाको मेयरका लागि कांग्रेसले १३ जनाको नाम सिफारिस गरेको छ । उपमेयरमा ५ जना सिफारिस भएका छन् ।
कोहलपुर नगर सभापति बिरेन्द्र शाहका अनुसार मेयरमा बलराम शर्मा, चिन्तामणि धिताल, भानुभक्त भट्टराई, पूर्ण आचार्य, सन्जु कुमारी चौधरी, फुलाराम थारु, चक्र अधिकारी, राजेन्द्र श्रेष्ठ, निम बहादुर चलाउने( निरज), भुम भण्डारी, चुडामणि कँडेल, नर बहादुर मल्ल र जागेश्वर थारुको नाम सिफारिस गरिएको जानकारी दिए ।

यस्तै उपमेयरमा अन्जना पाण्डे, मिना सिग्देल, द्रोपती वली, केश कुमारी वली र संगिता पौडेल सिफारिस भएका छन् ।

कांग्रेस विधान अनुसार नगरपालिकाको मेयर र उपमेयरको टिकट दिने अधिकार प्रदेश संसदीय समितिलाई छ ।