नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता आग्रह गरेको छ । आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका हुन् ।
निर्वाचन आयोगले आज विहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ताको समय तोकेको छ । उक्त समयभित्र उम्मेदवारी फिर्ता नलिने बागी उम्मेदवारका साथै उनको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित गरिने पौडेलले बताए ।