Banking Khabar
मुख्य समाचार

बाँकेको नरैनापुरले सामुदायिक विद्यालयलाई स्कूल बस सहयोग गर्ने

May 24, 2022
सेयर:

नेपालगन्ज ।बाँके जिल्लाको विकट मानिने नरैनापुर गाउँपालिकाले प्रत्येक सामुदायिक विद्यालयलाई विद्यालय बस सहयोग गर्ने भएको छ।

सामुदायिक विद्यालयप्रति बालबालिकाको आकर्षण बढाउन प्रत्येक विद्यालयलाई एक/एक वटा बस गाउँपालिकाले उपलब्ध गराउने निर्णय गरेको हो।गाउँपालिकामा दोस्रो कार्यकालका लागि निर्वाचित गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साहले सोमबार पदभार ग्रहण गर्दै यस्तो घोषणा गरेका हुन्।

त्यस्तै, उनले जय किसान माविमा क्याम्पस स्थापना गर्ने, गाउँपालिकाका विद्यालयमध्ये एसइई परीक्षामा सर्वोत्कृष्ट नम्बर प्राप्त गर्ने विद्यार्थीलाई ल्यापटप प्रदान गर्ने निर्णय पनि सार्वजनिक गरेका छन्।

गाउँपालिकाको वडा नं १ महनितियामा तीन करोड लागतमा मावि विद्यालय निर्माणको प्रक्रिया अगाडि बढाउने जस्ता निर्णय गरिएको छ।

त्यस्तै, गाउँपालिकाको विद्युतीकरण हुन बाँकी हरेक वडामा विद्युत विस्तार गरी प्रत्येक वडाको चोकमा हाइमष्ट फल्ट लाइट जडान गर्ने अध्यक्ष साहले घोषणा गरेका छन्।