Banking Khabar
ब्यानर न्युज

तारा एयर जहाज दुर्घटनाः १४ जनाको शव फेला, अन्यको खोजी जारी

May 30, 2022
सेयर:

काठमाडौं । तारा एयरको जहाज दुर्घटनामा परेका १४ जनाको शव फेला परेको छ।

नेपाल नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजमा सवार २२ मध्ये हालसम्म १४ जनाको शव फेला परेको हो।

‘हालसम्म हाम्रो उद्धार टिमले १४ जनाको शव भेटेको छ। १२ जनाको छरिएको अवस्थामा र २ जनाको चेपिएको अवस्थामा फेला परेको हो, अन्यको खोजी भइरहेको छ’, नागरिक उड्ययान प्राधिकरणका उपमहानिर्देशक तथा प्रवक्ता देवचन्द्र लाल कर्णले सेतोपाटीलाई जानकारी दिए।

कर्णको अनुसार अन्य खोजी कार्य जारी छ। यात्रुको अवस्था पहिचान, सुरक्षित रहेका सामान शंकलन गरी मुचुल्का तयार पारेपछि हेलिकोप्टरबाट पहिले कोवाङ ल्याउने योजना छ।

आइतबार बिहान हराएको जहाज आज बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ को सानो सरे भन्ने ठाउँमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो। जहाजलाई यार्सा खोज्न गएका स्थानीयको टोलीले भेट्टाएका हुन् ।