Banking Khabar
मुख्य समाचार

भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई ढाकछोप र चोख्याउने काम नहोस्: नेविसंघ

May 11, 2023
सेयर:

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरूको ढाकछोप र उनीहरूलाई चोख्याउने काम नगर्न आग्रह गरेको छ।

अनुसन्धानमा सबैले सघाउनुपर्ने र कुनै दबाब तथा प्रभावमा अनुसन्धान प्रभावित हुन नहुने नेविसंघ अध्यक्ष दुजाङ शेर्पाले आज निकालेको विज्ञप्तिमा उल्लेख छ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको प्रकरणमा पूर्वगृहमन्त्रीसमेत रहेका कांग्रेस नेता बालकृष्ण खाण पनि पक्राउ परेका छन्।

नेविसंघले यो प्रकरणमा संलग्न जो कोहीलाई ढाकछोप गर्ने, चोख्याउने काम नगर्नसमेत आग्रह गरेको छ।

हेर्नुहोस विज्ञप्ति :