Banking Khabar
मुख्य समाचार

शरणार्थी प्रकरणमा मलाई जबर्जस्ती तान्न षड्यन्त्र भइरहेको छ : आरजु राणा

July 10, 2023
सेयर:

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झूटो भएको दाबी गरेकी छन् ।

उक्त अडियोको अनुसन्धान गर्न आरजुले प्रहरीको साइबर ब्युरोमा माग गरेकी थिइन् । प्रहरीले त्यो अडियोको आवाज सन्देश शर्माकै भएको पुष्टि गरिसकेको छ । सन्देशले त्यस अडियोमा डा. राणा र मञ्जु खाणलाई रकम बुझाएको बताएका थिए । सन्देश शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।

राणाले सो अडियो नै बदनीयतपूर्ण रहेको भन्दै यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र भइरहेको बताएकी छन् ।

आरजुले भनिन्, ‘पहिले नै सो व्यक्तिले काठमाडौं जिल्ला अदालतमा दिएको बयानमा आफूले आरजुलाई नचिनेको र नचिनेका व्यक्तिलाई कसरी पैसा दिनु भनेको कुरा स्पष्टरूपमा बाहिर आइसकेकाले यो अडियो जसले बनाएको वा सामाजिक सञ्जालमा राखेको भए पनि मलाई विवादमा ल्याउनका लागि रचिएको हो, यसमा मेरो कुनै पनि संलग्नता छैन ।’