Banking Khabar
अर्थतन्त्र

राजस्व संकलन गर्ने बैंकका शाखा भदौ २३ देखि २५ गतेसम्म खोल्न पाइने:राष्ट्र बैंक

September 7, 2020
सेयर:

काठमाडौं । नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्ने बैंकका काउन्टर खुला गर्ने निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो ।

राजस्व बुझ्ने प्रयोजनका लागि भदौ २३, २४ र २५ गते नेपाल राष्ट्र बैंकलगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरुका सम्पुर्ण काउन्टर खुला हुनेछन् । तर व्यक्तिगत कारोबार भने हुने छैनन्।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन्। यसै क्रममा कतिपय बैंकका शाखा कार्यालयहरु बन्द छन्।

बैंकहरुले ग्राहकको भिडभाड हेरेर केही शाखा तथा काउन्टर खुला गरे पनि पूर्ण रुपमा बैंकहरुले आफ्ना शाखाहरु सञ्चालन गर्न पाएका छैनन्। तर राजस्व संकलन गर्ने काउन्टरहरु भने खुला गर्नुपर्ने भएको छ।