Banking Khabar
मुख्य समाचार

फिल्ड रिपोटिङमा खटिरहेका २० जना पत्रकारलाई पि.पी.ई प्रदान

August 28, 2020
सेयर:

काठमाडौं । कोभिड–१९ को महामारीका बेला अग्रपङ्क्तिमा रही निरन्तर फिल्ड रिपोटिङ गरीरहेका २० जना पत्रकारलाई स्वास्थ्य सामाग्री तथा पि.पी.ई. प्रदान गरिएको छ ।
मर्सी मिशन मिडियाको समन्वयमा नेपाल ख्रीष्टिय राहत सेवाको सहयोगमा काठमाण्डौँ उपत्यकामा कार्यरत पत्रकारहरूलाई स्वास्थ्य सामाग्री तथा पि.पी.ई. वितरण गरिएको हो ।
विभिन्न पत्रपत्रिका,अनलाइन मिडिया र टेलिभिजनमा कार्यरत २० जना पत्रकारहरुलाई सामाजिक अभियान्ता वि.पी. खनाल, संस्थाका कार्यकारी निर्देशक रोमी के.सी. नेपाल प्रेस यूनियन ललितपुर शाखाका उपाध्यक्ष केदानाथ दाहालले उक्त सामाग्री हस्तान्तरण गर्नुभएको हो । उक्त स्वास्थ्य सामाग्री पाएपछी कान्तिन्पुर दैनिकमा स्वास्थ्य विट रिर्पोटिङ गरीरहनुभएकी पत्रकार फातीमा बानुले रिर्पोटिङका क्रममा विभिन्न स्थानमा जानुपर्ने हुदा यस सामाग्रीले अझै बढीकाम गर्नका लागि सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो
कोरोना माहामारीको अवस्थामा अग्रभागमा रहि निरन्तर आम नागरिकलाई सूचना प्रवाह गरी सूचित गर्नुहुने कार्य गर्नुहुने पत्रकारलाई यो अवस्थामा उपहार स्वरुप प्रोत्साहन गर्ने उदेश्यले उक्त सामाग्री वितरण गरिएको संस्थाका उपाध्यक्ष दिल बहादुर थापाले बताउनुभयो ।