Banking Khabar
मुख्य समाचार

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि

August 31, 2020
सेयर:

 

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यलाइ कोरोना संक्रमण पुष्टि भएको छ। उहाँलाई कोरोना पोजेटिभ देखिएसँगै मेयर शाक्य आइसोलेसनमा रहेको जनाइएको छ।

दुई दिनअघि स्वाब दिनुभएका मेयर शाक्यलाई सोमबार कोरोना संक्रमण पुष्टि भएको हो। मेयर शाक्यको सचिवालयका अनुसार उहाँकी पत्निलाई खोकी देखिएपछि दुवै जनाको स्वाबको परीक्षण गरिएको थियो। पत्नीको रिपोर्ट भने नेगेटिभ आएको छ।