Banking Khabar
खेलकुद

दुर्घटनामा परेर घाइते भएका क्रिकेटर ललितसिंह भण्डारीको सफल शल्यक्रिया

September 17, 2020
सेयर:

काठमाडौं । दुर्घटनामा परेर घाइते हुनुभएका क्रिकेटर ललितसिंह भण्डारीको बिहिबार मुख्य शल्यक्रिया सफल भएको छ।

शल्यक्रियापछि उहाँको अवस्था अहिले स्थिर रहेको क्रिकेट खेलाडी संघ नेपालले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

भण्डारीको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डे र उहाँको टिमले अपरेसन गरेको हो । धनगढीबाट महेन्द्रनगर जाँदै गरेको से १ ख १३२४ नम्बरको ट्रक र म २ प ४७०५ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको थियो।

झलारीस्थित शुक्लाफाँटा क्लिनिकमा प्राथमिक उपचारपछि थप उपचारका लागि भण्डारीलाई बाँकेको रिफर गरिएको थियो। कोहलपुर मेडिकल कलेजमा उपचार भएपछि सोमवार दिउँसो हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।