Banking Khabar
कर्णाली प्रदेश

प्रमुख सचेतकबाट हटाइएका गुलाफजंग शाहले भने ‘आफूलाई पदमुक्त गर्ने अधिकार मुख्यमन्त्री शाहीलाई छैन्’

October 12, 2020
सेयर:

काठमाडौं । कर्णाली प्रदेशमा समुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई आफुलाई हताउने अधिकार नभएको सासंसद गुलाफजंग शाहले बताउनुभएको छ।

संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई जिम्मेवारीबाट हटाएपछि शाहले मुख्यमन्त्रीले आफूलाई पदमुक्त गर्ने अधिकार गुमाइसकेको बताउनुभएको छ । शाहले भन्नुभयो ‘आइतबार १८ जना सदस्यले दलका नेताविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भइसकेकोले अब दलको नेताले कुनैपनि निर्णय गर्न पाउँदैन ।’
यता मुख्यमन्त्री शाहीले ससंसदिय दलको वैठक बोलाएर अविश्वास प्रस्ताव पारित गर्न सक्ने आकलन गरी सोमबार नै प्रमुख सचेतक शाहलाई हटाइ आफुनिकट सिता नेपालीलाई नियुक्त गरीएको अनुमान गरीएको छ ।