Banking Khabar
मुख्य समाचार

सुशील कोइरालाको स्मृतिमा नेविसंघले गर्‍यो दीप प्रज्वलन

shilalekha
shilalekha
प्रकाशित: February 8, 2021
February 8, 2021
सेयर:

काठमाडौं । नेपाल विद्यार्थी संघ नेविसंघ ले नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सुशील कोइरालाको पाँचौँ स्मृति दिवसको अवसरमा सोमबार साँझ दीप प्रज्वलन गरेको छ ।

नेविसंघ केन्द्रीय समितिले कोइरालाले पुर्‍याएको योगदानको स्मरण गर्दै दीप प्रज्ज्वलन गरेको हो। नेविसंघ महामन्त्री बलदेव तिमिल्सनाले कोइरालाको नेतृत्वमा नेपालमा २०७२ सालमा संविधान निर्माण भएको उल्लेख गर्दै कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो । नेविसंघले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओलीका कारण संकटमा रहेको भन्दै त्यसको रक्षाका लागि लड्ने पनि बताएको छ ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाको नेतृत्वमा नेविसंघले कोइरालाको स्मृतिमा शान्तिबाटिकामा दीप प्रज्ज्वलन गरेको हो। २०७२ साल माघ २६ गते कोइरालाको निधन भएको थियो ।